धाविका प्रिती राईलाई सौगात क्याटरिङद्वारा सम्बर्द्धना

सोनादा: सोनादाको सौगात क्याटरिङका प्रशिक्षक एवं एक्ज्युकेटिभ सेफ छिरिङ शेर्पाको अगुवाइमा सौगात क्याटरिङका प्रशिक्षार्थीहरुले म्याराथन धाविका सुश्री प्रिती राईलाई उनकै वासस्थान दिलाराम चटकपूरमा गएर सम्बर्द्धना जनाए। तिनको घरमा गएर प्रशिक्षक छिरिङ शेर्पाको बाहुलीबाट सम्बर्द्धना पत्र,पुष्प गुच्छासहित आर्थिक सहयोग प्रदान गरे। उक्त सम्बर्द्धना प्राप्त गरेर म्याराथन धाविका प्रीति राई प्रसन्न भइन्। भेटघाटको क्रममा सौगात क्याटरिङका प्रशिक्षक छिरिङ शेर्पाले पत्रकारहरुलाई बताए अनुसार सम्पूर्ण गोर्खा जातिको शिर उच्च राख्नको साथै दिलाराम चटकपूर जस्तो सानो ठाउँबाट मुम्बई जस्तो महानगरीमा ४२ किलो मीटर दौडेर प्रीतिले पहाडको गरिमालाई उच्च राखेकी छन्। तिनलाई सौगात क्याटरिङका सम्पूर्ण टोलीको तर्फबाट धेरै धेरै बधाई एवं शुभकामना व्यक्त गरे। यसको साथै भविष्यमा कुनै प्रकारको सहयोग गर्न परे आफुहरू सदैव तत्पर रहने पनि बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *