डेण्डुप पाख्रीनले गरे सडक मार्गको शिलान्यास

टिस्टाभेल्ली: गोजमुमो तकदाह टिस्टाभेल्ली समष्टि अध्यक्ष डेण्डुप पाख्रीनले भारतीय नेपाली साहित्यका लब्धप्रतिष्ठित साहित्यकार डा. लक्खीदेवी सुन्दासको नाममा आज एउटा सडक मार्गको विधिवत् रुपमा शिलान्यास गरे। तकदाह- टिस्टाभेल्ली रोड गेल भञ्ज्याङ छेउदेखि जिङलाम चियाबारीको डाकवाला धुरा गाउँतिर जाने सडक मार्गको निर्माणार्थ शिलान्यास अवधि अध्यक्ष डेण्डुप पाखरीनले उक्त मार्गको नाम डा. लक्खीदेवी सुन्दासको नाममा राखेका हुन्। तिनले आज नयाँ सोंच र नयाँ बिचारलाई आम जनताबीच प्रस्तुत गरिदिए। युवा मोर्चा महासचिव रोजल राईको बाहुलीबाट रिवन काटेर उक्त बाटोको विधिवत् शिलान्यास गरियो। कार्यक्रममा समष्टि महासचिव श्याम योन्जन, उपाध्यक्ष दुर्गा छेत्री, मोहन कटुवाल, राजमान स्याङ्बो, हरि पाखरीन, युवा मोर्चा सचिव रोजल राई, युवा मोर्चा उपाध्यक्ष पुरण थापा, प्रवक्ता मार्कुस लोहागण, मेण्डुप तामाङ, नारी मोर्चा निरीक्षक सदिना देवान, रजनी गुरुङ, ट्रेड युनियन जोनलका सचिव शरण शेर्पा लगायत विभिन्न बुथ कमिटीका कार्यकारिणी सदस्यहरू उपस्थित थिए।


कार्यक्रममा अध्यक्ष डेण्डुप पाखरीन अनि समष्टिका सम्पूर्ण नेतृत्वहरूबाट डा.लक्खीदेवी सुन्दासको प्रतिकृतिमा दीप प्रज्वलन गरेर श्रद्धाञ्जली अर्पण गरियो भने पण्डितद्वारा भूमि पूजन गरियो। यसैगरी, गाउँवासीको पक्षबाट दिलकस विद्याभुषण तामाङले आफ्नो गाउँको बाटो नवनिर्माण हेतु गोजमुमो अध्यक्ष विनय तामाङ, जीटीए चेयरम्यान अनित थापा, समष्टि अध्यक्ष डेण्डुप पाख्रीन, युवा मोर्चा सभापति सुरेश गुरुङ, सचिव रोजल राई लगायत गाउँको बाटो निर्माणमा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग गर्नेहरूप्रति आभार व्यक्त गरे। यसैगरी, जिङलाम सार्वजनिक भवनमा एउटा शिलान्यास समारोह पनि सम्पन्न गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *