धेरै संख्यामा सुगा सहित एकजना शिकारी पक्राउ

 


फाँसीदेवा: धेरै संख्यामा सुगा सहित एकजना शिकारीलाई पक्राउ गरेको छ। आज बिहान फाँसीदेवाको चौपुखरिया इलाकामा धानको खेतबारीमा सुगा पक्रिन आएको समय गाउँलेहरूले उक्त युवकलाई नै पक्रिए। यसपछि घटनाको जानकारी वन विभागलाई दिए। खबर पाएर बागडुग्रा विभाग अनि बागडुग्रा पुलिस घटनास्थलमा आइपुगेर युवकलाई पक्राउ गरे। बाघडुग्रा वन विभागले दिएको जानकारी अनुसार उक्त पक्रा परेका व्यक्तिबाट 25 वटा सुगा उद्धार गरिएको छ। यीमध्ये धेरैजसो सुगा घाइते रहेको बताइएको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *