धेरै दिनदेखि नदीको घाट बन्द, ट्र्याक्टर चालक अनि श्रमिकहरूद्वारा विरोध प्रदर्शन

खोरीबारी (निसं): गत 10 महिना अघिदेखि बन्द रहेको नदीको घाट खोल्न पर्ने माग गर्दै आज ट्र्याक्टर चालक अनि श्रमिकहरूले खोरीबारीको पानीट्याङ्कीस्थित मेची नदीको घाटमा धरना-प्रदर्शन गरे। ट्र्याक्टर चालकहरूले आरोप लगाउँदै भने, गत 10 महिना अघिदेखि नदीको घाट बन्द अवस्थामा रहेको छ। यसले गर्दा हामीलाई आफ्नो परिवार चलाउन समस्या भइरहेको छ। अन्य कुनै आय श्रोत नभएकोले गर्दा नानीहरूको पढाईको खर्चा चलाउनु पनि निक्कै असुविधा भइरहेको छ। यसबारे खण्ड विकास अधिकारीसित गुनासो पोखाए तापनि हालसम्म कुनै कार्वाही भएको छैन। यति मात्र होइन, जिल्ला शासकलाई समेत अवगत गराए तापनि कुनै पहल नभएको तिनीहरूको भनाई रहेको छ। यदि आउँदो एक हप्ताको अवधिसम्म पनि नदीको घाट नखोले प्रदर्शनकारीहरूले खोरीबारी बीडीओ कार्यालय परिसरमा धरनामा बस्ने धम्की समेत दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *