धेरै मात्रामा नशालु ट्याबलेटसहित युवक पक्राउ

सिलगढी: सिलगढी भक्ति नगर थाना पुलिसले गोप्य सूचनाको आधारमा गत राति 41 नम्बर वार्डको बोतल कम्पनी आमतला मोड नजिक अभियान चलाएर धेरै मात्रामा नशालु ट्याबलेटसहित एकजना व्याक्तिलाई पक्राउ गरे। पक्रा पर्ने व्याक्ति संजीत सन्यासी (26) को रूपमा चिन्हित गरिएको छ। पुलिसले दिएको जानकारी अनुसार पक्रा पर्ने आरोपीबाट 580 पीस नशालु ट्याबलेट उद्धार गरिएको छ। आरोपी युवक कसैलाई उक्त ट्याबलेट डेलिभरि गर्न गइरहेका थिए। आज आरोपीलाई जलपाईगढी अदालतमा पेश गरेपछि पुलिस हिरासतमा पठाइएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *