धेरै मात्रामा अवैध रम-रक्सीसहित एकजना पक्राउ

सिलगढी : गोप्य सूचनाको आधारमा जलपाईगढी थाना पुलिसले सादा पोशाकमा अभियान चलाएर धेरै मात्रामा अवैध रम-रक्सीसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति कमल रायको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार न्यु जलपाईगढी थाना पुलिसले सादा पोशाकमा गत अबेर राति जलपाईगढी थाना संलग्न इलाकाको एउटा घरमा अभियान चलाएर धेरै मात्रामा देशी-विदेशी रम-रक्सी उद्धार गर्नको साथै एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार उक्त व्यक्तिले धेरै दिन अघिदेखि घरमै अवैध रम-रक्सीको व्यवसाय गर्ने गरेको बताइएको छ। पक्रा परेका व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwindeneme bonusu veren sitelerligobetmatadorbetjojobetjojobet girişjojobet girişJojobetJojobetzenbetPerabetperabetjojobet Built with ❤︎ by appycodes