धेरै मात्रा अवैध कप सिरफसहित 2 पक्राउ

सिलगढी : डीडी (डिटेक्टिभ डिपार्टमेन्ट)-ले धेरै मात्रामा प्रतिबन्धित कप सिरफसहित 2 जना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरियो। पक्रा परेकाहरू क्रमैले हैदरपाड़ा निवासी उत्तम कुमार साह र भानुनगर राजीव रञ्जन कुमारको रूपमा सामेल छन्। डीडी सूत्रले दिएको जानकारी अनुसार भक्तिनगर थाना अन्तर्गत सेभोक रोडस्थित एउटा ट्रान्सपोर्ट केरियर कम्पनीमा छापामारी अभियान चलाएर प्रतिबन्धित कप सिरफ उद्धार गरेको छ। उक्त प्रतिबन्धित कफ सिरफ उत्तम कुमार साहले गैर कानुनी रूपमा जम्मा गरेको राखेको थियो। उत्तम कुमार साह मेडिसिन सप्लाईको कार्य गर्दछन् भने तिनले यस व्यवसायमा राजीव रञ्जन कुमार सहयोग गर्ने गर्दथे। यी दुई व्यक्तिले धेरै दिन अघिदेखि नै प्रशासनको आँखामा धुलो हालेर गैर कानुनी रूपमा व्यवसाय चलाइरहेको बताइएको छ। डीडी-ले लगभग 9 हजार 6 सय 60 बोतल कप सिरफ  उद्धार गरेको छ जसको अनुमानित बजार मूल्य 3 लाख रुपियाँ रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *