धेरै मात्रामा अवैध रम-रक्सीसहित एकजना पक्राउ

सिलगढी : गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले सादा पोशाकमा अभियान चलाएर धेरै मात्रामा अवैध देशी-विदेशी रम-रक्सी उद्धार गर्नको साथै एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति भक्तिनगर इलाका निवासी 39 वर्षीय मिठुन दासको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार एनजेपी थाना पुलिसले सादा पोशाकमा हिजो अबेर राति एनजेपी थाना संलग्न ठाकुरनगर एवम् आईओसी गेट इलाकामा अभियान चलाएर एउटा दोकानबाट धेरै मात्रामा अवैध देशी-विदेशी रम-रक्सी उद्धार गर्नको साथै दोकान मालिकलाई पक्राउ गरेको छ। आरोपी व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *