धेरै मात्रामा अवैध सुपारीसहित 2 जना पक्राउ

खोरीबारी : गोप्य सूचनाको आधारमा भारत-नेपाल सीमास्थित एसएसबी 41औँ बटालियनको ए कम्पनी पानीट्याङ्की बीओपीका जवानहरूले अभियान चलाएर धेरै मात्रामा अवैध सुपारी जफत गर्नको साथै दुईजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू नक्सलबारीको दहरामजोत निवासी विमान घोष र राजेश घोषको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार उक्त दुई युवकले नेपालबाट अवैध रूपमा ल्याएको उक्त सुपारी नक्सलबारीबाट धुपगढी लैजाने योजना रहेको बताइएको छ। एसएसबीले वाहनबाट 51 बोरामा लगभग 3000 किलो सुपारी जफत गरेको छ। एसएसबीद्वारा आवश्यक कार्वाहीपछि जफत गरेको सुपारी बोकेको वाहनसहित दुईजना युवकलाई पानीट्याङ्की कस्टमलाई सुम्पिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *