धेरै मात्रामा अवैध कफ सिरप सहित एकजना पक्राउ

सिलगढी : स्पेसल टास्क फोर्सले धेरै मात्रामा अवैध कफ सिरपसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति मेदिनीपुर निवासी सुभाष सिंहको रूपमा चिन्हित गरिएको छ। गोप्य सूचनाको आधारमा स्पेसल टास्क फोर्सले फुलबारी घोषपुकुर बाइपास इलाकामा अभियान चलाएर एउटा ट्रकलाई रोकेर छानबीन गर्दा 30 हजार बोतल अवैध कफ सिरप उद्धार गर्नको साथै ट्रक मालिक तथा चालकलाई पक्राउ गरेको बताइएको छ। एसटीएफ सूत्रले दिएको जानकारीअनुसार जफत गरेको उक्त कफ सिरपको अनुमानित बजार मूल्य 60 लाख रुपियाँ रहेको छ भने उक्त कफ सिरप दालखोलादेखि त्रिपुरातर्फ लगिरहेको थियो। एसटीएफले पक्रा परेका व्यक्तिलाई एनजेपी थानालाई सुम्पिदिए। पक्रा परेका व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetİmajbetimajbetJojobetPusulabet Jojobetjojobetgrandpashabetjojobetjojobetcasibomholiganbettipobet Built with ❤︎ by appycodes