धेरै मात्रामा विदेशी रम-रक्सीसहित युवक पक्राउ

सिलगढी : सिलगढी जङ्क्शन ट्राफिक गार्डको पुलिसले गत राति बिहार बस स्ट्यान्डबाट धेरै मात्रामा विदेशी रम-रक्सीसहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक बिहारको बेगुसराय निवासी अमित कुमारको रूपमा सामेल छन्। पक्रा परेका युवकलाई कार्वाहीको लागि प्रधाननगर थानालाई सुम्पिदिएको छ। प्राप्त जानकारी अनुसार अमित कुमारले धेरै मात्रामा विदेशी रम-रक्सी ब्यागमा लुकाएर बसमार्फत् बिहार जाने तरखरमा थिए। यसको सुइँको पाएपछि जङ्क्शन ट्राफिक गार्डमा तैनाथ उदय शङ्कर गुहाले बसमा चढ्न अगावै अमित कुमारको ब्याग छानबीन गर्दा 43 बोतल विदेशी रम-रक्सी उद्धार गरे। यसपछि पुलिसले अमितलाई पक्राउ गरे तापनि तिनीसित रहेको एउटी महिलाले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। आज आरोपी युवकलाई सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *