धेरै मात्रामा विदेशी रम-रक्सीसहित 3 जना पक्राउ

खोरीबारी : खोरीबारीको सीमावर्ती क्षेत्र गलगलिया थाना पुलिसले मध निषेध चेक पोस्टमा चेकिङ अवधि बंगालबाट आइरहेको एउटा कारबाट धेरै मात्रामा विदेशी रम-रक्सी जफत गर्नको साथै 3 जना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार आज मध निषेध चेकपोस्टमा पुलिसले वाहनहरूलाई रोकेर छानबीन गर्दा एसके 01 पीबी 4471 नम्बर भएको एउटा कारबाट रोयल ब्लु-को 750 एमएल भएको 51 बोतल र 2 बोतल बियर जफत गरेको छ। यसको साथै पुलिसले उक्त वाहनमा सवार 3 जना व्यक्तिलाई पक्राउ गरेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *