धेरै मात्रामा विदेशी रम-रक्सी सहित महिला पक्राउ

सिलगढी : सिलगढी मेट्रोपलिटन अन्तर्गत विभिन्न थानामा लगातार मादक पदार्थ,  रम-रक्सी विरुद्ध अभियान चलाइरहेको छ। यसै क्रममा गोप्य सूचनाको आधारमा हिजो राति भक्ति नगर थाना पुलिसले सादा पोसाकमा सालुगढा बजारस्थित एउटा रेस्टुरेन्टमा अभियान चलाएर धेरै मात्रामा विदेशी रम-रक्सी सहित एउटी महिलालाई पक्राउ गरेको छ। पक्रा परेकी महिला 33 वर्षीय सलोनी विश्वकर्माको रूपमा चिन्हित गरिएको छ भने उक्त रेस्टुरेन्टका मालिकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। पुलिसले मालिकको खोजी शुरू गर्नको साथै घटनाको जाँच शुरू गरेको छ। पक्रा परेकी महिलालाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *