धेरै मात्रामा विदेशी रम-रक्सीसहित एकजना पक्राउ

सिलगढी : भक्तिनगर थाना पुलिसले धेरै मात्रामा विदेशी रम-रक्सीसहित सुवेन्दु राय (31) नाम गरेको एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिलाई आज जलपईगढी अदालतमा पेश गरियो। प्राप्त जानकारीअनुसार  भक्तिनगर थाना पुलिसले गत राति गोप्य सूचनाको आधारमा सालुगढास्थित विकासनगर बीएसएफ रोडको एउटा घरमा अभियान चलाएर धेरै मात्रामा विदेशी रम-रक्सी उद्धार गर्नको साथै सुवेन्दु रायलाई अवैध रूपमा रम-रक्सी बिक्री गरेको आरोपमा पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *