धेरै मात्रामा चोरी गरेको काठ उद्धार

अलिपुरद्वार : गोप्य सूचनाको आधारमा कामाख्यागढी मोबाइल रेञ्जका वनकर्मीहरूले अभियान चलाएर धेरै मात्रामा चोरी गरेको काठ उद्धार गरेको छ। प्राप्त जानकारी अनुसार आज दिउँसो कामाख्यागढी मोबाइल रेञ्जका रेञ्जर उत्तम सरकारको नेतृत्वमा वन कर्मीहरूले कुमारग्राम ब्लकको खोयारडाङ्गा इलाकामा अभियान चलाएर लगभग 70 हजार रुपियाँको काठ उद्धार गरेको छ भने वनकर्मीहरूलाई देखेर तस्करहरूले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। घटनाको जाँच शुरू गरेको वन विभाग सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *