धेरै मात्रामा कफ सिरपसहित एकजना पक्राउ

खोरीबारीभारत-नेपाल सीमामा तैनाथ एसएसबी 41औँ बटालियनको रामधनजोत एफ कम्पनीका जवानहरूले धेरै मात्रामा कफ सिरपसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति मोहम्मद इब्राहिमको रूपमा चिन्हित गरिएको छ। गोप्य सूचनाको आधारमा एसएसबी 41औँ बटालियनको रामधनजोत एफ कम्पनीका जवानहरूले खोरीबारी पीडब्ल्युडी नजिक अभियानमा चलाएर एकजना व्यक्तिलाई रोकेर छानबीन गर्दा 100 एमएलको 160 पीस कफ सिरप उद्धार गर्नको साथै उक्त व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। एसएसबीका जावनहरूले आवश्यक कार्वाहीपछि कफ सिरपसहित पक्रा परेका व्यक्तिलाई खोरीबारी थानालाई सुम्पिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *