धेरै मात्रामा देशी रम-रक्सी सहित 2 जना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले धेरै मात्रामा देशी रम-रक्सी सहित 2 जना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। प्राप्त जानकारी अनुसार एनजेपी थाना पुलिसले घरमै रक्सी बिक्री गरेको आरोपमा हिजो फुलबारीबाट जगदीश चन्द्र राय र भक्तिनगर पाइप लाइन इलाकाबाट नारायण घोषलाई पक्राउ गरेको बताइएको छ।


यसको साथै पुलिसले दुई भिन्ना-भिन्नै ठाउँबाट धेरै मात्रामा देशी रम-रक्सी उद्धार गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *