धेरै मात्रामा गाँजासहित ७ जना पक्राउ

सिलगढी : सिलगढी मेट्रोपलिटनको प्रधान नगर थाना पुलिसले गोप्य सूचनाको आधारमा जङ्क्सन बस स्ट्यान्डमा अभियान चलाएर धेरै मात्रामा गाँजासहित 7 जना युवकलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू क्रमैले अशोक कुमार, कुन्दन कुमार, धीरज कुमार, सुनील राय, छोटु कुमार, मुकेश कुमार र अभिषेक कुमार सामेल छन्। प्रधान नगर थाना पुलिसले दिएको जानकारीअनुसार गोप्य सूचनाको आधारमा गत अबेर राति जङ्क्सन बस स्ट्यान्डमा अभियान चलाएर 30 किलो गाँजासहित 7 जना युवकलाई पक्राउ गरेको बताइएको छ। यी 7 जना युवकले उक्त गाँजा बिहार तस्करी गर्ने उद्देश्यले लगिरहेको पुलिस सूत्रले जनाएको छ। पक्रा परेका 7 जना आरोपीलाई आज सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *