धेरै मात्रामा गाँजासहित 3 जना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले सिलगढी संलग्न साहुडाङ्गी नावापाडा मोडमा अभियान चलाएर धेरै मात्रामा गाँजासहित 3 जना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गरियो। पक्रा परेकाहरूमा 24 परगाना जिल्लाको सोनापुर निवासी मोहम्मद वाइफ, हावडा निवासी सुरजीत वैद्य र बिहार निवासी धरमनाथ गुप्ताको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले सिलगढी संलग्न साहुडाङ्गी नावापाडा मोडमा अभियान चलाएर 80 किलो गाँजासहित 3 जना युवकलाई पक्राउ गरेको बताइएको छ। जफत गरेको गाँजाको अनुमानित बजार मूल्य लगभग8 लाख रुपियाँ रहेको छ। उक्त गाँजा असमबाट बिहारतर्फ लगिरहेको पुलिसले प्राथमिक अनुमान लगाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *