धेरै मात्रामा घरेलु रक्सीसहित युवक पक्राउ

सिलगढी: भक्ति नगर थाना पुलिसले सादा पोशाकमा गत राति सिलगढी नगर निगमको वार्ड नम्बर 41 अन्तर्गत बोतल कम्पनी आमतल्ला इलाकाबाट एकजना युवकलाई धेरै मात्रामा घरेलु रक्सी सहित पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी तपन राय (19) को रूपमा चिन्हित गरिएको छ। पक्रा पर्ने तपन रायलाई आज जलपाईगढी अदालतमा पेश गरियो। प्राप्त जानकारी अनुसार पक्रा पर्ने व्यक्तिले आफ्नो बाइकमा रक्सी लिएर अवैध रूपमा एउटा दोकानमा लिएर गइरहेका थिए। त्यही समय पुलिसले गोप्य सूचना पाएर आरोपीलाई रोकेर छानबिन गर्दा तिनीबीट 20 बोतल घरेलु रक्सी उद्धार गरेपछि तिनलाई पक्राउ गरेको बताइएको छ। सोधखोज अवधि आरोपीले बताए अनुसार उक्त रक्सी सुमती राय नाम गरेकी दोकानेलाई सप्लाई गर्न गर्न गइरहेका थिए। अर्कोतिर, पुलिसले आरोपीको बयानको आधारमा दोस्रो आरोपी माथि मामिला दर्ता गरेर छानबिन शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *