धेरै मात्रामा काँचो स्प्रिट उद्धार

फाँसीदेवा : आबकारी विभागले धेरै मात्रामा काँचो स्प्रिट उद्धार गरेको छ भने घटनामा कसैलाई पनि पक्राउ गरिएको छैन। गोप्य सूचनाको आधारमा आबकारी विभागका अधिकारीहरूले आज फाँसीदेवाको सदरगछ इलाकामा रहेको एउटा गोदाममा अभियान चलाएर 1800 लिटर काँचो स्प्रिट सहित रम-रक्सी बनाउने विभिन्न सामग्री उद्धार गरेको छ। यस सम्बन्धमा आबकारी विभागका नक्सलबारी सर्कलका ओसी पुलक सरकारले बताएअनुसार  गोप्य सूचनाको आधारमा उक्त गोदाममा छापामारी अभियान चलाएर 1800 लिटर काँचो स्प्रिट उद्धार गरेको हो। तथापि घटनामा कसैलाई पनि पक्राउ गर्न नसकिएको तिनले बताए। मुख्य रूपमा नकली रक्सी बनाउनको लागि उक्त स्प्रिटको प्रयोग गर्ने गरेको तिनले बताए। उक्त अभियान अवधि बाघडुग्रा आबकारी विभाग, विधाननगर, नक्सलबारी र प्रधान नगरको टोली उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *