धेरै मात्रामा नकली सिगरेटसहित दुईजना पक्राउ

सिलगढी: प्रधान नगर थाना पुलिसले सादा पोसाकमा अभियान चलाएर नकली सिगरेट सहित दुईजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरियो। पक्रा परेकाहरू सन्दीप श्रीवास्तव (31) र भोला महतो (41) सामेल छन् भने तिनीहरूमध्ये सन्दीप गंगा नगर र भोला महतो सन्तोषी नगर निवासी हुन्। प्राप्त जानकारीअनुसार सन्दीप श्रीवास्तव र भोला महतोले बिहारबाट धेरै मात्रामा (H-10) नाम गरेको नकली सिगरेट लिएर सिलगढी आइपुगेका थिए।


यसपछि तिनीहरू उक्त नकली सिगरेट लेकटाउन इलाकामा पुर्‍याउन अगावै प्रधान नगर थाना पुलिसले सादा पोसाकमा सिलगढी जङ्क्शनमा अभियान चलाएर 10 कार्टुन नकली सिगरेट उद्धार गरेको बताइएको छ। पुलिसले तिनीहरूसित नकली सिरगेटको वैध कागजपत्र मागे तापनि सो देखाउन नसकेपछि ती दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। प्रधान नगर थाना पुलिसले दिएको जानकारी अनुसार जफत गरेको नकली सिगरेटको अनुमानित बजार मूल्य लाखौँ रुपियाँभन्दा अधिक रहेको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *