धेरै मात्रामा नकली रम-रक्सी बनाउने सामग्री सहित व्यक्ति पक्राउ

सिलगढी : सिलगढी मेट्रोपोलिटनको स्पेशल अपरेशन ग्रुप (एसओजी)-ले धेरै मात्रामा नकली रम-रक्सी बनाउने स्प्रिट उद्धार गर्नको साथै एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति हाथियाडाङ्गा निवासी निकुञ्ज रायको रूपमा चिन्हित गरिएको छ।


एसओजी-ले हाथियाडाङ्गा इलाकामा अभियान चलाएर अवैध रूपमा नकली रम-रक्सी बनाउने गरेको गोप्य सुइँको पाएपछि एसओजी र आशीघर आउटपोस्ट पुलिसले संयुक्त अभियान चलाएर एउटा घर भित्रबाट नकली रम-रक्सी बनाउने मोठ 800 लिटर स्प्रिट उद्धार गर्नको साथै एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *