धेरै मात्रामा नशालु इन्जेक्शनसहित तीनजना पक्राउ

सिलगढी: सिलगढी प्रधान नगर थानाको पुलिसले सादा पोशाकमा अभियान चलाएर धेरै मात्रामा नशालु इन्जेक्शन सहित तीनजनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा भरत दास, उज्जवल तामाङ र दिपेश छेत्री सामेल छन्। भरत दास राजीव नगर, उज्ज्वल तामाङ जोरबङ्ग्लो अनि दिपेश छेत्री कालेबुङ निवासी हुन्।


पुलिसले यी तीन जनाबाट 117 वटा नशालु इन्जेक्शन उद्धार गरेको छ। पुलिसले तिनीहरूलाई सिलगढीको राजीव नगर ईलाकाबाट पक्राउ गरेको बताइएको छ। तीनै जनालाई ड्रग्स एन्ड कस्मेटिक एक्ट अन्तर्गत मामिला दर्ता गरेर आज सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *