धेरै मात्रामा नशालु इन्जेक्सन सहित महिला पक्राउ

सिलगढी :  एनजेपी थाना पुलिसले धेरै मात्रामा नशालु इन्जेक्सन सहित एउटी महिलालाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकी महिला सिलगढीको कृष्णनगर कोलनी निवासी प्रतिमा दासको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार एनजेपी थाना पुलिसले आज सिलगढीको ठाकुरनगर बारीभाषा इलाकामा एउटी संदिग्ध महिलालाई हिरासतमा लिएर छानबीन गर्दा 122 वटा नशालु इन्जेक्सन उद्धार गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार उक्त महिलाले नशालु इन्जेक्सन बिक्री गर्ने उद्देश्यले लगिरहेकी थिइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *