धेरै मात्रामा नशालु इन्जेक्शनसहित एकजना पक्राउ

खोरीबारी : खोरीबारी थाना पुलिसले पानीट्याङ्कीमा धेरै मात्रामा नशालु इन्जेक्शनसहित एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक सन्तोष घोषको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार गोप्य सूचनाको आधारमा पानीट्याङ्कीमा  अभियान चलाएर एकजना युवकलाई पक्राउ गरेर छानबीन गर्दा 250 पीस लुपिजेसिक इन्जेक्शन, 420 पीस डायजेपाम इन्जेक्शन तथा 550 पीस प्रोमिथेजीन इन्जेक्शन उद्धार गरेको बताइएको छ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *