धेरै मात्रामा नशालु ट्याबलेटसहित युवक पक्राउ

सिलगढी: प्रधान नगर थाना पुलिसले सादा पोशाकमा धेरै मात्रामा नशालु ट्याबलेटसहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने युवक अशोक शर्मा उर्फ आकाश सिलगढी इस्कन मन्दिर रोड़ संलग्न इलाका निवासीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत राति आरोपी अशोक शर्मा धेरै मात्रामा नशालु ट्याबलेट पुऱ्याउनको लागि प्रधान नगर थाना अन्तर्गत सर्किट हाउस नजिक पुगेका थिए। यसबारे खबर पाएर प्रधान नगर थानाको पुलिसले सादा पोशाकमा अभियान चलाएर सर्किट हाउस नजिकबाट अशोक शर्मालाई धेरै मात्रामा प्रतिबन्धित ट्याबलेटसहित पक्राउ गरेको छ। पुलिसले आरोपीबाट मोठ 12,500 वटा प्रतिबन्धित नशालु ट्याबलेट उद्धार गरेको छ। उक्त ट्याबलेटको अनुमानित बजार मूल्य लगभग एक लाख रूपियाँ रहेको छ। प्रधान नगर थानाले अशोक शर्मालाई एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर आज सिलगढी अदालतमा पेश गऱ्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *