धेरै मात्रामा प्रतिबन्धित पटेका जफत, एकजना हिरासतमा

सिलगढी : सिलगढी मेट्रोपलिटनको प्रधान नगर थाना पुलिसले थाना अन्तर्गत इलाकामा अभियान चलाएर धेरै मात्रामा प्रतिबन्धित पटेका जफत गर्नको साथै एकजना व्यवसायीलाई हिरासतमा लिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार गोप्य सूचनाको आधारमा गत राति प्रधान नगर थाना अन्तर्गत 1 नम्बर वार्डको गेट बजार इलाकामा अभियान चलाएर एउटा दोकानबाट धेरै मात्रामा प्रतिबन्धित पटेका जफत गर्नको साथै दोकानका मालिकलाई हिरासतमा लिएको बताइएको छ। उल्लेखनीय छ, कोलकाता हाई कोर्टले सबै प्रकारको पटेका पड्काउनमा रोक लगाए तापनि पटेका बिक्री गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *