धेरै मात्रामा रम-रक्सीसहित एकजना पक्राउ

खोरीबारी : खोरीबारीको सीमावर्ती क्षेत्रको गलगलिया थाना चेक पोस्टमा चेकिङ अवधि सब्जी लादिएको पिकअप भ्यानमा छानबीन गर्दा धेरै मात्रामा रम-रक्सी जफत गर्नको साथै एकजना व्यक्तिलाई पनि पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार खोरीबारी चक्करमाड़ी चेकपोस्ट तर्फबाट आएको सब्जी लादिएको पीकअप भ्यानलाई गलगलिया थाना चेकपोस्टमा चेकिङ अवधि छानबीन गर्दा लगभग 11 सय 35 लिटर रक्सी जफत गर्नको साथै एकजना व्यक्तिलाई पनि पक्राउ गरिएको बताइएको छ। पुलिसले उक्त वाहनलाई आफ्नो नियन्त्रणमा लिएर घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.