धेरै मात्रामा रम-रक्सीसहित होटल मालिक पक्राउ

सिलगढी : रङ्गको पर्व होलीमा कुनै प्रकारको झैँ-झमेला तथा अप्रिय घटना नहोस् भन्ने उद्देश्य लिएर एनजेपी थाना पुलिसले यहाँको थाना अन्तर्गत पर्ने विभिन्न इलाकामा अभियान चलाइरहेको छ।


यसै क्रममा पुलिसले गत राति एनजेपी स्टेसन बजार संलग्न इलाकामा रहेको खाना खाने होटलमा अभियान चलाएर धेरै मात्रामा देशी-विदेशी रम-रक्सी उद्धार गरेको छ। यसको साथै होटल मालिक खोकन घोषलाई पनि पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *