धेरै मात्रामा याबा ट्याबलेट सहित एकजना पक्राउ

सिलगढी: प्रधान नगर थाना पुलिसले दार्जिलिङ मोड़मा गत राति अभियान चलाएर धेरै मात्रामा याबा ट्याबलेट सहित मिठू चक्रवर्ती नाम गरेका एकजना आरोपीलाई पक्राउ गरेको छ। तिनलाई आज सिलगढी अदालतमा पेश गरियो।प्राप्त जानकारी अनुसार नम्बर नभएको एउटा स्कूटीमा बाघडुग्राबाट याबा ट्याबलेट लिएर चम्पासारी आइरहेको प्रधान नगर थाना पुलिसले खबर पाएपछि दार्जिलिङ मोड़मा अभियान चलाएर स्कूटीमा सवार युवकलाई रोकेर सोधखोज गर्दा तिनीबाट 800 वटा याबा ट्याबलेट उद्धार गऱ्यो। यसपछि पुलिसले एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर आरोपीलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *