धेरैपल्ट प्रयास गरे तापनि प्राध्यापकलाई नभेटेपछि मेल मार्फत् पठाइयो सो कज नोटिस

सिलगढी : आरोपी प्राध्यापकलाई कारण बताऊ नोटिस दिन जाँदा सिलगढी कलेजका कर्तृपक्ष बारम्बार फर्किनु परेको बताइएको छ। अडियो काण्डमा संलग्न रहेका आरोपी सिलगढी कलेजका प्राध्यापक अमिताभ कान्जीलालाई कारण बताऊ नोटिस सिलगढी कलेजको पक्षबाट जारी गर्ने निर्णय लिए तापनि हालसम्म तिनलाई उक्त नोटिस हातमा थमाउन नसकेको बताइएको छ। स्मरण रहोस्, सिलगढी कलेजका प्राध्यापक अमिताभ कान्जीलालले गत केही दिन अघि परीक्षामा उत्तीर्ण गराउनको लागि एकजना छात्रासित रुपियाँ मागेको अडियो भाइरल भएपछि तिनी हालसम्म मीडिया सामु आउन चाहेका छैनन्। उक्त अडियो प्रकरणलाई लिएर कलेज पक्षबाट कारण बताऊ नोटिस दिन चाहँदा तिनी यसबाट टाढा भाग्न चाहेको कलेज कर्तृपक्षको आरोप रहेको छ। बारम्बार तिनको घरमा गएर नोटिस दिने प्रयास गरे तापनि कलेज कर्तृपक्ष विफल भएको बताइएको छ। सिलगढी कलेज जाँच कमिटीका एकजना सदस्यले बताएअनुसार तिनलाई ई-मेल मार्फत् कारण बताऊ नोटिस अगावै जारी गरिसकेको भए तापनि तिनले यसको कुनै प्रति उत्तर दिएका छैनन्। यदि सात दिनसम्ममा कुनै प्रति उत्तर नदिए कानुनी कार्वाही गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *