धेरै रुपियाँको ई-चलान काटेपछि सिलगढी ट्राफिक पुलिसले गुलाबको फुल दिएर चालकहरूलाई गर्यो जागरूक 

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसको ट्राफिक विभागले ट्राफिक नियम उल्लङ्घन गर्नेहरू विरुद्ध कठोर कार्वाही गरिरहेकोबारे राज्य ट्राफिक विभागद्वारा जारी गरेको एउटा रिपोर्टबाट थाहा पाउन सकिन्छ। उक्त रिपोर्ट अनुसार गत अप्रेल र मई महीनामा लगातार ट्राफिक पुलिस ई-चलान काट्ने रेसमा नम्बर वनमा रहेको छ। ट्राफिक विभागले अप्रेल र मई महिनामा अधिक रुपियाँको ई-चलान काटिसकेको छ। तरै पनि केही मानिसहरूले ट्राफिक नियम उल्लङ्घन गरिरहेको छ। नियम तोड्ने तिनीहरूको आदत बनिसकेको छ। यसैले सेभोक मोड़मा मानिसहरूलाई जागरूक गराउँदै ट्राफिक पुलिसले आज हातमा गुलाबको फुल लिएर ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई स्वागत गरे। आज पुलिसले ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई ई-चलान काट्नको बद्ली गुलाबको फुल दिएर ट्राफिक नियम पालन गर्ने अपील गरे। अर्कोतिर, ट्राफिक नियम उल्लङ्घन गर्नेहरूले आफ्नो भूल स्वीकार गर्दै अबउसो ट्राफिक नियम पालन गर्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *