धेरै समयदेखि बन्द अवस्थामा विकास घोष मेमोरियल स्विमिङ पुल

सिलगढी : धेरै समयदेखि सिलगढी कञ्चनजङ्घा स्टेडियममा विकाश घोष मेमोरियल स्विमिङ पुल बन्द रहेको छ। सिलगढी नगरनिगम अधीन विकाश घोष मेमोरियल स्विमिङ पुलमा सबै उमेरका मानिसहरू कम्ती मूल्यमा स्विमिङ सिक्न आउने गर्दछन्। तथापि, समय-समयमा विभिन्न कारणले गर्दा उक्त स्विमिङ पुल बन्द रहने गरेकोले स्विमिङ सिक्न आउने मानिसहरूले असुविधाको सामना गर्न परिरहेका छन्। अर्कोतिर, कोरोना महामारीले गर्दा गत 2 वर्ष स्वीमिङ पुल पूर्ण रूपमा बन्द रहेको थियो। पछि केही दिनको लागि स्वीमिङ पुल खोलिए तापनि फेरि बन्द गरिदिएको छ। सिलगढी नगरनिगमका डेपुटी मेयर रञ्जन सरकारले यसपल्ट स्विमिङ पुल नयाँ रूपमा तयार पारेर खोल्ने आश्वासन दिएका छन्। तिनले भने, राज्य सरकारले विकासको लागि सिलगढी कञ्चनजङ्घा स्टेडियमको अधिग्रहण गरेर सिलगढी नगरनिगमलाई हेरचाहको दायित्व दिएको छ। यसैले स्विमिङ पुल हाल बन्द गरेर यसको काम भइरहेको छ। चाँडै नै स्विमिङ पुल सबैको लागि खोलिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *