धेरै संख्यामा भाजपा कार्यकर्ता तथा समर्थकहरू तृणमूलमा सामेल

सिलगढी : भाजपाको धेरै संख्यामा कार्यकर्ता तथा समर्थकहरू आफ्नो पार्टी छोडेर तृणमूल कांग्रेसमा सामेल भएका छन्। आज खोलाचन्द फापरीमा मोठ 143 जना युवा समर्थक तथा तिनका परिवारलाई राज्यका पर्यटन मन्त्री तथा डाबग्राम फुलबारी विधानसभाका विधायक गौतम देवले दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए।


अर्कोतिर, डाबग्राम 2 नम्बर अञ्चलका जाबराभिटामा 237  युवा समर्थक तथा तिनका परिवार भाजपा छोड़ेर तृणमूल कांग्रेसमा सामेल भएका छन्। मन्त्री गौतम देवले दलीय झण्डा प्रदान गरेर नयाँ सामेलकारीहरूलाई आफ्नो पार्टीमा स्वागत जनाए। यस अवसरमा डाबग्राम फुलबारी युवा तृणमूल कांग्रेसका अध्यक्ष गौतम गोस्वामीलगायत पार्टीका अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *