धेरैवटा एटीएम र सिम कार्डसहित युवक पक्राउ

जलपाईगढी : मैनागढी थाना पुलिसले धेरैवटा एटीएम कार्ड, सिम कार्ड सहित एकजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक असमको गोयालपाडा निवासी जाहिरूल इस्लामको रूपमा चिन्हित गरिएको छ।


पुलिस सूत्रले दिएको जानकारीअनुसार उक्त युवकबाट पुलिसले 14 वटा एटीएम, 8 वटा सिमकार्ड उद्धार गरेको छ। पक्रा परेका युवक एटीएमको ठगी गर्ने गुटसित संलग्न रहेको हुनसक्ने पुलिसले प्राथमिक अनुमान लगाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.