धेरै मात्रामा गाँजासहित 5 जना पक्राउ

सिलगढी : सिलगढी मेट्रोपलिटनको एसओजी टीमले से नो टू ड्रग्स’  अभियान लगातार जारी राखेको छ। यसै अभियान अन्तर्गत गत अबेर राति गोप्य सूचनाको आधारमा प्रधान नगर थाना अन्तर्गत इलाकामा अभियान चलाएर धेरै मात्रामा गाँजा सहित 5 जना युवकलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू क्रमैले पिनाकी दास (35) नौशाद खान (22), मोहम्मद अब्दुल रहमान (22), सद्दाम हुसेन (24), सरोबा आलम (26) सामेल छन्।


प्राप्त जानकारीअनुसार गत अबेर राति 5 जना युवक एउटा पलसर बाइक र एउटा स्कुटीमा सवार भएर चम्पासरीको ढकनीकाटा इलाकामा गाँजा तस्कर गर्न पुगेको सिलगढी मेट्रोपलिटनको एसओजी टीमले गोप्य सुइँको पाएपछि उक्त इलाकामा अभियान चलाएर मोठ 28 किलो गाँजासहित 5 जना युवकलाई पक्राउ गरेर प्रधान नगर पुलिसलाई सुम्पिदिएको बताइएको छ। पक्रा परेका 5 जना युवकलाई आज सिलगढी अदालतमा पेश गर्नको साथै पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *