धोतरिया बालासनमा निःशुल्क स्वास्थ्य जाँच

सोनादा: लायन्स क्लब दार्जिलिङ तथा आशारिका फाउण्डेसन-को संयुक्त तत्वावधानमा धोतरिया बालासनमा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न गरियो। उक्त शिविरमा धेरै संख्यामा मानिसहरुले आ-आफ्नो रोगहरू जाँच गराए। विशेषज्ञ डा. सुभाष मोक्तान तथा लायन्स क्लब टिमले ब्लड प्रेसर, मधुमेह आदि रोग जाँच गरे।


यसैबीच, स्थानीय विपन्न परिवारका सदस्यहरूलाई न्यानो  लुगाफाटाहरू पनि वितरण गऱ्यो। कार्यक्रममा आशारिका फाउण्डेशनका सचिव रुपेश छेत्री, मृणालिनी प्रधान, शरण कुमार लिम्बू तथा बालसनको हाम्रो लक्ष्य स्वनिर्भर दल साथै आशारिका फाउण्डेशन बालसनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *