धोतरिया बालासनमा समाज भवनको शिलान्यास साथै बाटोको खनन कार्य शुरू

सोनादा: रङ्गबुल धोतरिया रङ्गमुक समष्टि अन्तर्गत धोतरिया बालासनमा गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका डेपुटी चेयरम्यान एवम् क्षेत्रीय सभासद राजेश चौहानले आज नव निर्माण समाज भवनको शिलान्यास गरे। यसपछि आजदेखि नै धोतरिया बालासनदेखि धोतरिया पुल बजारसम्म पुग्ने बाटोको पनि खनन कार्य शुरू गरियो। स्थानीय समाजको प्रतिनिधि विशाल बरदेवाले गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापा अनि डेपुटी चेयरम्यान तथा क्षेत्रीय सभासद राजेश चौहानलाई धन्यवाद दिँदै कुनै पनि व्यवस्थाले देख्न नसकेको धोतरिया बालासनमा वर्तमान व्यवस्थाले विकासको विजारोपण शुरु गरेको दावी गर्दै यसले गर्दा ग्रामवासीमा खुशीको लहर छाएको जनाए। डेपुटी चेयरम्यान राजेश चौहानले समाज भवनको शिलान्यास कार्यक्रममा आगामी सप्ताह आफ्नो समष्टिको चन्द्रमानधुरा अनि गोठखडकामा पनि समाज भवनको शिलान्यास हुने जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *