धोत्रिया कलेज भेल्लीमा स्वास्थ्य जाँच शिविर

खरसाङ (निसं): खरसाङको सेरोफेरो संस्थाको पहलमा अनि विभिन्न स्थानीय स्वयम् सहायता समूह (एसएचजी)- हरूको सहयोगमा धोत्रिया कलेज भेल्ली ग्राम पञ्चायत भवनमा स्वास्थ्य जाँच शिविर सम्पन्न भयो। उक्त शिविरमा आरोग्य भारत मिशन (ट्रस्ट)-बाट आएका डा. पङ्कज बसक अनि तिनका सहयोगी स्वास्थ्य कर्मीहरूले धेरैजना रोगीहरूको स्वास्थ्य जाँच गरे। जाँच गरेपछि तिनीहरूलाई सुपथ मूल्यमा आयुर्वेदिक पद्धतिका औषधिहरू पनि प्रदान गरियो। स्वयम् सहायता समूहकी सीएसपी अनिता तामाङ, सरस्वती एसएचजी, कोसेली एसएचजी, लालीगुराँस एसएचजी, लक्ष्मी एसएचजी, दुर्गा एसएचजी, आशिष एसएचजी, गोदावरी एसएचजी, देवराली एसएचजी अनि गणेश एसएचजीले शिविरमा धेरै सहयोग पुऱ्याएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *