डीएचआर-द्वारा ‘हिम कन्या’ नयाँ टोय ट्रेनको चलाचलसहित घुम रेलवे स्टेशनमा आजदेखि घुम फेस्टिभल शुरू,

दार्जिलिङ : विश्व धरोहर दार्जिलिङ हिमालयन रेलवेको उच्च स्थानमा रहेको घुम रेलवे स्टेशनमा आजदेखि घुम फेस्टिभल शुरु भएको छ। उक्त घुम रेलवे स्टेशन 7407 फिट अथवा 2258 मिटरमा अवस्थित रहेको छ भने आजदेखि शुरू भएको उक्त घुम फेस्टिभल आगामी 5 दिसम्बरसम्म चल्नेछ। यस अवसरमा पर्यटकहरूको लागि आजदेखि हिम कन्या नामक नयाँ टोय ट्रेन दार्जिलिङदेखि खरसाङसम्म शुरु गरिएको छ। उक्त हिम कन्या नामको नयाँ टोय ट्रेन सप्ताहको प्रत्येक शनिबार र शुक्रबार दार्जिलिङदेखि खरसाङसम्म चल्ने भएको छ। यस अवसरमा पत्रकारहरूसित कुराकानी गर्दै एनएफ रेलवेका जेनरल म्यानेजर अन्सुर गुप्ताले पत्रकारहरूलाई सम्बोधन गर्दै डीएचआर एक सय वर्ष पुरानो रेलवे हो अनि विश्वभरिका पर्यटकहरूको लागि आकर्षकको केन्द्र रहेको र यसको राम्रो नेटवर्क रहेकोले नै आजदेखि फेस्टिभलको आयोजना गरेको बताए।

तिनले डीएचआर-ले प्रत्येक वर्ष विश्वभरिका धेरै पर्यटकहरूलाई आकर्षण गर्ने गरेको र प्रत्येक वर्ष देशी-विदेशी पर्यटकहरू धेरै संख्यामा यहाँ आएर विविध सम्झनाहरू लिएर जाने गरेको बताए। यसको साथै डीएचआरसित धेरै हिन्दी, बंगला, अङ्ग्रेजी लगायत अन्य भाषाका फिल्महरू बनिसकेको अवगत गराउँदै अब डीएचआरसित फिल्म उद्योगलाई पनि प्रमोट गर्नु आवश्यक रहेको कुरा तिनले बताए। यो फेस्टिभलमा खानपान, सांस्कृति नृत्य, हस्तशिल्प कला आदिलाई आगामी 21 दिनसम्म प्रमोट गरिने पनि जानकारी गराएका छन्। एनएफ रेलवेका जेनरल म्यानेजर अन्सुर गुप्ताले यस्तो फेस्टिभलमार्फत् हामी पर्टयन उद्योगलाई प्रमोट गरेर क्षेत्रको आर्थिक अवस्थालाई सुधार गर्न चाहान्छौं भनी बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *