धेरै मात्रामा खुकुरी सिगरेट सहित एकजना पक्राउ

खोरीबारी : एसएसबी 19औँ बटालियनको धनतोला समवायका जवानहरूले नेपालबाट ल्याइरहेको धेरै मात्रामा खुकुरी सिगरेट जफत गरेको छ। एसएसबी 19औँ बटालियनले दिएको जानकारी अनुसार गोप्य सूचनाको आधारमा स्तम्भ संख्या 128  नजिक अवलोकन पोस्टका जवानहरूले नेपालबाट आइरहेका एकजना व्यक्तिलाई रोकेर छानबीन गर्दा 130  प्याकेट खुकुरी सिगरेट उद्धार गरेको बताइएको छ। यसको साथै एउटा बाइकसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। एसएसबीले आवश्यक कार्वाहीपछि जफत गरेको समानसहित पक्रा परेका व्यक्तिलाई नजिकैको कस्टमलाई सुम्पिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *