ढुङ्गा बोकेको डम्पर र बाइक ठोक्किँदा दुईजना घाइते

अलिपुरद्वार: फालाकाटा-वीरपाड़ा राष्ट्रिय राजमार्गको जटेश्वर काजली हल्ट इलाकामा ढुङ्गा बोकेको डम्पर र बाइक ठोक्किँदा दुईजना गम्भीर रूपमा घाइते भएका छन्। स्थानीय सूत्रले दिएको जानकारीअनुसार एउटा ढुङ्गा बोकेको डम्पर फालाकाटातर्फ गइरहेको समय काजली हल्ट इलाकामा विपरीत दिशाबाट आइरहेको एउटा बाइकसित ठोक्किँदा लडेर बाइक चालक घाइते भएका छन् भने उक्त डम्पर अनियन्त्रित भएर सडक किनारमा पल्टिँदा चालक गम्भीर रूपमा घाइते भएका छन्। घटनापछि स्थानीय मानिसहरूको सहयोगमा दुवै घाइते व्यक्तिलाई उद्धार गरेर वीरपाडा अस्पतालमा उपचारको लागि लगिएको छ। जटेश्वर आउट पोस्ट पुलिस घटनास्थलमा पुगेर छानबीन गर्नको साथै घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *