ढुङ्गा बोकेको ट्रक सहित एकजना पक्राउ

राजगञ्ज :  राजगञ्ज थाना पुलिसले तस्करी गर्न अगावै ढुङ्गा बोकेको ट्रक लगायत एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति उत्तर दिनाजपुरको रायगञ्ज निवासी 40 वर्षीय साधीनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत राति सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गको फाटापुकुर इलाकामा एउटा ढुङ्गा बोकेको ट्रक रोकेर वैध कागजपत्र माग्दा सो देखाउन नसकेपछि वाहन चालकलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *