धुपगढीमा बस-पिकअप भ्यान ठोक्किँदा 25 जना घाइते

धुपगढी धुपगढीको झुमुर इलाकामा एउटा बस र पिकअप भ्यान आपस्तमा ठोक्किँदा 25 जना यात्रीहरू घाइते भएका छन्। प्राप्त जानकारी अनुसार यात्रीहरू सवार एउटा बस आज फालाकाटादेखि सिलगढीतर्फ आइरहेको समय धुपगढीको झुमुर इलाकामा एउटा डम्परलाई ओभर टेक गर्दा बसले विपरीत दिशाबाट आइरहेको एउटा पिकअप भ्यानलाई धक्का दिएपछि पिकअप भ्यानको अघिल्लो भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको बताइएको छ। उक्त दुर्घटनामा पिकअफ चालक गम्भीर रूपमा घाइते भएका छन्। बस अनियन्त्रित भएर सड़क किनारमा पल्टिँदा बसमा सवार 25 जना यात्री घाइते भएका छन्। स्थानीय मानिसहरू लगायत दमकल कर्मीहरूको सहयोगमा घाइतेहरूलाई उपचारको लागि अस्पतालमा पुर्‍याइयो। घटनाको खबर पाएर धुपगढी थाना पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *