धुपगढीमा झुन्डिएको अवस्थामा गृहिणीको शव उद्धार

धुपगढी : धुपगढी सहर संलग्न कदमतला बजार इलाकामा झुन्डिएको अवस्थामा गृहिणीको शव उद्धार भएको छ। मृतक गृहिणी दीपा मण्डलको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत 3 वर्ष अघि धुपगढीको सुजीत मण्डलसित दीपा मण्डलको बिहे भएको थियो भने परिवारमा कुनै प्रकारको अशान्ति नभएको परिवारका सदस्यहरू लगायत स्थानीय सूत्रमार्फत् थाहा लागेको छ। आज बिहान लगभग 10 बजी झुन्डिएको अवस्थामा गृहिणीको शव देखेपछि परिवारका सदस्यहरूले तत्कालै उद्धार गरेर अस्पतालम लगे तापनि चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *