धुपगढी एसियन हाईवेमा बाँस बोकेको ट्रक दुर्घटना

धुपगढी : धुपगढी एसियन हाईवेमा बाँस बोकेको ट्रक दुर्घटनाग्रस्त भएको छ। प्राप्त जानकारीअनुसार आज बिहान बाँस बोकेको एउटा ट्रक धुपगढीबाट सिलगढीतर्फ गइरहेको समय धुपगढी नगर बस टर्मिनस नजिक ट्रक अनियन्त्रित भएर सडकको डिभाइडरमा ठोक्किँयो। उक्त दुर्घटनामा कसैको ज्यानलाई क्षति नभएको बताइएको छ। घटनाको खबर पाएर धुपगढी थाना पुलिस घटनास्थलमा पुगेर उक्त ट्रकलाई आफ्नो नियन्त्रणमा लिएर थानामा लैजानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *