धुपगढी दुर्घटनामा प्राण गुमाउने सिलगढीका कोयल बर्मनको परिवारलाई अशोक भट्टाचार्यद्वारा समवेदना प्रकट

सिलगढी : धुपगढीमा गत मङ्गलबार राति भएको वाहन दुर्घटनामा सिलगढी नगरनिगमको 20 नम्बर वार्ड निवासी 14 वर्षीय कोयल बर्मनको मृत्यु भएको थियो। सिलगढी नगरनिगमका प्रशासक अशोक भट्टाचार्यले आज तिनको परिवारका सदस्यहरूसित भेट गरेर शोक समवेदना प्रकट गरे। प्राप्त जानकारीअनुसार आठौँ श्रेणीको छात्रा कोयल जिल्ला स्तरीय कबडी खेलाडी थिइन्। नृत्य गर्न औधी मन पराउने कोयलले स्कुल, गाउँ तथा कुनै पनि कार्यक्रममा असल नृत्य प्रस्तुत गरेर सबैलाई मन्त्रमुग्ध पार्थिन्। कोयलको आमा पिङ्की बर्मनले बताएअनुसार कोयललाई सानै उमेरदेखि खेलकुदप्रति निक्कै रुचि रहेकोले ठुली भएर चर्चित खेलाडी बन्ने तिनको ठुलो सपना थियो तर तिनको सपना, सपना नै रह्यो। स्मरण रहोस्, गत मङ्गलबार राति कोयल आफ्ना बाजे-बोजुसित बिहेको भोजमा गइरहेको समय जलपाईगढी जिल्लाको धुपगढी राष्ट्रिय राजमार्गमा वाहन दुर्घटना हुँदा तिनको घटनास्थलमै मृत्यु भएको थियो भने तिनका बाजे-बोजु गम्भीर घाइते भएकोले हाल तिनीहरू अस्पतालमा उपचाराधीन अवस्थामा छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbetmobilbahisritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes