धुपगुढी गर्ल्स कलेजको क्वारेन्टाइनका दुईजना कोरोना पोजेटिभ

धुपगुढी :  धुपगुढी गर्ल्स कलेजको क्वारेन्टाइनमा रहेका दुईजना मानिसहरूमा कोरोना संक्रमित रहेको पुष्टि भएको छ। पीड़ितहरूमा एकजना धुपगुढीको डाउवकिमारी ग्राम पञ्चायत निवासी र अन्य मटेली निवासी हुन्। प्रशासन सूत्रले दिएको जानकारी अनुसार, यी दुवै कोरोना संक्रमित 22 मईदेखि धुपगुढी गर्ल्स कलेजको क्वारेन्टाइन सेन्टरमा थिए भने गत 29 मईको दिन तिनीहरूको नमूना संग्रह गरेर जाँच गरेपछि रिपोर्ट पोजेटिभ आएको छ। हिजो अबेर राति दुवै कोरोना पीड़ितहरूलाई कोभिड अस्पतालमा लगिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *