धुपगढीका विधायक विष्णुपद रायको निधन

धुपगढी : धुपगढीका विधायक विष्णुपद रायको हिजो निधन भयो। प्राप्त जानकारी अनुसार विधायक विष्णुपद रायले हिजो कोलकाताको एसएसकेएम अस्पतालमा निधन भयो। भाजपाका राज्य मुख्यालय र विधानसभामा श्रद्धाञ्जलि दिएपछि तिनको पार्थिव शरीर हिजो राति धुपगढी नगरपालिकाको 11 नम्बर वार्डस्थित तिनको आवासमा ल्याइपुर्‍यायो। आज विधायकको अन्तिम दर्शन गर्नको लागि तिनको आवासमा धेरै संख्यामा मानिसहरूको भीड जमेको थियो। यस अवसरमा भाजपाका जलपाईगढी जिल्ला अध्यक्ष बापी गोस्वामी, फालाकाटाका विधायक दीपक बर्मन, भाजपा नेता बुबाई कर, धुपगढी सहित उत्तर बंगालका केही विधायक तथा भाजपा नेताहरू उपस्थित थिए। विधायकलाई अन्तिम विदाई दिनको लागि विभिन्न राजनीतिक दलका नेताहरू लगायत नागरिक मञ्च तथा तृणमूल कङ्ग्रेसका नेताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *